बालेनले गाए ‘लाज शरणम्’ फिल्मका लागि गीत

काठमाडौं । ‘र्यापर’ समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फिल्म ‘लाज शरणम्’ का लागि गीत गएका छन् । फिल्मका लागि उनकै शब्द, संगीत र स्वर रहेको हिपहप गीत रेकर्ड भइसकेको छ ।

फिल्म निर्माता कम्पनी जेपीटी क्रिएसनका प्रमुख अर्जुन घिमिरेका अनुसार उक्त गीतलाई फिल्म रिलिज गर्नुअघि सार्वजनिक गर्ने तयारी छ । फिल्म फागुन १४ गते प्रदर्शन गरिने भएको छ ।

बालेनले यसअघि थुप्रै गीत गाइसकेका छन् । फिल्मका लागि भने पहिलो पटक गाएका हुन् । बलिदान, स्याभेज, मार्फाको मदिरा, स्टे ट्रु गोर्खाली तोप, यथार्थ जस्ता उनका चर्चित गीत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *