८ लाख ८० हजार रुपैयाँसहित युवक पक्राउ
प्रतीकात्मक तस्बिर
विराटनगर । विराटनगरमा स्रोत नखुलेको करिब नौ लाख रुपैयाँ रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ८ लाख ८० हजार रुपैयाँसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
विराटनगर महानगरपालिका–१८ स्थित रेलवे स्टेशनबाट सशस्त्र प्रहरी बल, नेपाल जहदाबाट खटिएको टोलीले मोरङको जहदाका ३६ वर्षीय चनरदेव साहलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १–०४–००१ प ९९४४ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्दा चालक साहको साथमा स्रोत नखुलेको रकम भेटिएको प्रहरीले जनाएको छ ।
साहको साथबाट एक हजारको ५१९ थान, पाँच सयको ७०२ थान एक सयको १०० थान र दुई रुपैयाँको सिक्का एक थान गरी ८ लाख ८० हजार, दुई रुपैयाँ बरामद गरिएको हो ।
प्रतिक्रिया
