आवश्यक सेवामा हड्ताल निषेध गर्दै सरकार
काठमाडौं । सरकारले आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने भएको छ । यसका लागि आदेश जारी गर्ने सरकारको तयारी छ ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा यो जानकारी दिएका हुन् ।
सरकारले हड्ताल निषेध गर्ने आदेश जारी गर्दै यसको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताए ।
यस्तै, सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त रहेको कार्यकारी निर्देशक पदमा बाजुराका छत्रबहादुर कटुवाललाई नियुक्त गरेको छ । मन्त्री गुरुङले पाँचखाल विशेष आर्थिक क्षेत्रलाई नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिने निर्णय पनि भएको बताए ।
प्रतिक्रिया
