फोर नेशन्स कपमा नेपाली महिला टोली खेल्ने
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले चारवटा देश सहभागी ‘फोर नेशन्स कप’ मा प्रतिस्पर्धा गर्ने भएको छ ।
उक्त प्रतियोगिता आउँदो फेब्रुअरी १७ देखि २६ सम्म काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमारले प्रतिस्पर्धा गर्नेछन् ।
यो प्रतियोगिता फेब्रुअरीको फिफा अन्तर्राष्ट्रिय खेल ‘विन्डो’ मा हुन लागेको एन्फाले जनाएको छ ।
प्रतिक्रिया
