कोरिया पठाइदिन्छु भनेर लाखौँ ठग्ने पक्राउ
सांकेतिक तस्बिर
काठमाडौँ । आकर्षक रोजगारीका लागि दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले रुपन्देहीको सैनामैना नगरपालिका घर भएका २९ वर्षीय ओमप्रकाश चौधरीलाई काठमाडौँमा पक्राउ गरेको छ ।
तीन जना युवकबाट उनले १६ लाख ९२ हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरीको भनाइ छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार पक्राउ परेका युकलाई कारवाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभागमा पठाइएको छ ।
प्रतिक्रिया
