म एक मजदुर
म निकालेर ऊर्जा
सुरु गर्दछु काम
पोख्दछु पसिना
मेरै माटोमा
स्वर्ग जस्तो मेरो नेपाल
माटोसँग खेल्दछु
म एक मजदुर ।
उद्देश्य उमार्नु छ अन्न
पाल्नु छ नेपाली
भरेर प्राण
ल्याउनु छ नयाँ बिहानी
नाचेर यही भूगोलको
पाखा पखेरी
पाखुराले पहरा फुटाउँछु
उचालेर घन
पसिनाले जमिन भिजाउँछु
गरेर परिश्रम
म एक मजदुर ।
थामेर पुर्खाको इज्जत
खोल्नु छ नयाँ कल र कारखाना
हटाउनु छ बेरोजगारी
आफैं बनेर उद्यमी
न भर कसैको
न नेता र राजनीतिको
जीवन उत्सर्ग गर्नुछ
रोपेर पसिना
अन्न फलाउनु छ
म हुँ माटोप्रेमी
शीरमा नाम्लो
पिठ्युँमा डोको र ढाकर
फुटेका कुर्कुचाले
पूर्व पश्चिम
उत्तर दक्षिण हिँड्नु छ
बिगारे नेताहरुले मेरो
नेपाल
अब खँुडा खुर्पा
हँसिया खुकुरी बोकेर
यो देश बचाउन
परिश्रमको बिगुल फुक्नुछ
किनकि यो देश मेरो हो
म एक मजदुर ।
विराटनगर-३
प्रतिक्रिया
