भारतका पूर्वप्रधानमन्त्री सिंहको निधन

काठमाडौँ । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतीय समयअनुसार बिहीवार राति ९ बजेर ५१ मिनेटमा एम्स अस्पतालमा उनको निधन भएको हो ।

अस्पतालले विज्ञप्ति जारी गरेर पूर्वप्रधानमन्त्री सिंहको निधन भएको जानकारी दिएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई बिहीवारै अस्पताल भर्ना गरिएको थियो ।

यसैबीच, सिंहको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । भारतका सबैभन्दा प्रतिष्ठित नेतामध्ये एक डा. मनमोहन सिंहलाई भारतले गुमाएको मोदीले उल्लेख गरेका छन् ।

सिंह सन् २००४ मा पहिलो पटक र सन् २००९ मा दोस्रोपटक भारतको प्रधानमन्त्री बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *