गौतम बुद्ध क्रिकेट रंगशालालाई सरकारको १० करोड

काठमाडौँ । बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई १० करोड रुपैयाँ दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक बजेट कार्यक्रमअनुसार रंगशाला निर्माणका बजेट दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवं कानुनमन्त्री सुरजचन्द्र लामिछानेले अनुदानका रुपमा १० करोड रुपैयाँ भरतपुर महानगरपालिकालाई अख्तियारी दिने निर्णय भएको जानकारी दिए ।

अलपत्र क्रिकेट रंगशाला निर्माण अघि बढाउने सम्बन्धमा बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच लागत साझेदारीमा २०८० कात्तिक २१ गते सम्झौता भएको थियो ।

बागमती सरकारले रंगशाला निर्माणमा ७० प्रतिशत र भरतपुरले ३० प्रतिशत लागत साझेदारी रहने गरी भएको सम्झौतामा रंगशालाको काम २०८३ पुस २२ गतेभित्र सक्ने उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *