बैंकिङ कसुर आरोपमा विराटनगरका वडाध्यक्ष पक्राउ
विराटनगर । बैंकिङ कसुर आरोपमा प्रहरीले विराटनगर महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष हीरालाल कामतलाई पक्राउ गरेको छ ।
मोरङको जहदा गाउँपालिका–३ का एक पीडितको जाहेरीका आधारमा कामतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बैकिङ कसुर आरोपमा मंसिर २५ गते मोरङ अदालतले कामतविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी भएपछि कामतलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीका अनुसार ५ लाखको चेक बाउन्स भएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रतिक्रिया
