बस्तीमा विमान खस्दा १० जनाको मृत्यु
काठमाडौं । ब्राजिलको ग्रामाडो शहरको एक बस्तीमा विमान खस्दा पाइलटसहित १० जनाको मृत्यु भएको छ । १२ जनाभन्दा बढी घाइते भएका छन् ।
ब्राजिलका सुरक्षा अधिकारीहरुका अनुसार दुर्घटना भएको विमान निजी हो । उक्त विमान सुरुमा एउटा घरको चिम्नीमा प्लेन ठोक्किएको थियो । त्यसपछि अर्को दुईतले घरमा ठोक्किएर मोबाइल फोनको पसलमाथि खसेको थियो । विमान खसेपछि आगो लागेको त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । दुर्घटनामा मृत्यु हुनेमा एकै परिवारका चार जना सदस्यसमेत छन् । उनीहरु रियोग्राण्डे डो सुल राज्यको एक शहरबाट साओ पाउलो राज्यतर्फ गइरहेका थिए ।
ब्राजिलको सेरा गोचा पहाडमा अवस्थित ग्रामाडो शहर पर्यटकहरुबीच लोकप्रिय छ । यो शहर चिसो मौसम, लामो पैदलयात्रा र पारम्परिक वास्तकुलाका लागि प्रसिद्ध छ ।
