नेविसंघको ७७ वटै जिल्लाबाट समानान्तर केन्द्रीय प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको ७७ वटै जिल्लामा समानान्तर समिति बनाइएको छ । कांग्रेस नेता शेखर कोइराला पक्षले विद्रोह गर्दै समानान्तर केन्द्रीय प्रतिनिधि तोकेको हो ।

केन्द्रीय सदस्य प्रेमिका रानामगरले शुक्रबार विज्ञप्ति जारी गर्दै नेविसंघको १२ औँ महाधिवेशनका लागि जिल्ला अध्यक्षहरूसँग समन्वय गरी सदस्यता वितरण तथा जिल्ला अधिवेशन सम्पन्न गर्न केन्द्रीय प्रतिनिधि चयन गरिएको जनाएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *