यु-१९ एसिया कपमा आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । एसीसी यु-१९ महिला एसिया कपको दोस्रो ‘सुपर–फोर’ मा आज शुक्रबार नेपाल र बङ्गलादेश खेल्दैछन् । मलेसियाको क्वालालम्पुरमामा रहेको बायोमास आभलमा हुने खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे शुरू हुनेछ ।

यसअघि हिजोको पहिलो ‘सुपर-फोर’ मा नेपाल र श्रीलङ्काबीचको खेल नतिजाविहीन भएको छ । वर्षाका कारण खेल रद्द भएपछि नेपाल र श्रीलङ्काले १-१ अङ्क बाँडेका छन् । ‘सुपर-फोर’ अन्तर्गत हिजोको अर्को खेलमा भारतले बङ्गलादेशलाई ८ विकेटले हराएको छ ।

प्रतियोगिताको समूह ‘ए’ बाट भारत र नेपाल तथा समूह ‘बी’ बाट बङ्गलादेश र श्रीलङ्का ‘सुपर–फोर’ मा पुगेका हुन् । ‘सुपर–फोर’ मा शीर्ष दुईमा रहने टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल पर्सि आइतवार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *