विद्युत प्राधिकरणमा खुल्यो ९५३ जनाका लागि जागिर (हेर्नुहोस् सूचना)
काठाडौँ । नेपाल विद्युत् प्राधिकरणले ९५३ जना कर्मचारी माग गरेको छ । आज शुक्रबार सूचना जारी गर्दै प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
प्राधिकरणले पाँचौंदेखि दसौँ तहसम्मका लागि कर्मचारी माग गर्दै सूचना जारी गरेको हो । माग गरिएका पदहरुमा प्रशासन र प्राविधिकतर्फ छन् ।
प्रशासकीय अधिकृत, कानुन अधिकृत, लेखा अधिकृत, चार्टर्ड एकाउन्टेन्ट, इलेक्ट्रिकल इन्जिनियर, इन्जिनियर, मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर कम्युनिकेसन इक्विपमेन्ट अपरेटर, सुपरभाइजरलगायतका पदका लागि विज्ञापन गरिएको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले पुस २५ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।






प्रतिक्रिया
