विराटनगर बसपार्कमा खुकुरी हानाहान

विराटनगर । विराटनगर महानगरपालिका-११ स्थित बसपार्कमा खुकुरी हानाहान हुँदा एक जना घाइते भएका छन् । घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बसपार्कमा मंगलबार राति करिब साढे १० बजे सामान्य विवादमा विराटनगर-११ का रेगन कँडेलले विराटनगर–१२ का विजय कामतलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

कामतको बायाँ हातमा गहिरो चोट लागेको छ । सामान्य विवादमा राति खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

अर्को समूहले पनि आफूहरुमाथि खुकुरी प्रहार गरेको आरोपित पक्षले दाबी गरेको छ । प्रहरीले कँडेललाई पक्राउ गरेको छ । उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको जोशीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *