अमेरिकाको म्याडिसनमा नेपालीहरूको ‘साहित्य साँझ’

काठमाडौँ। संयुक्त राज्य अमेरिकाको बिस्कनसिन राज्यस्थित म्याडिसनमा रहेका नेपालीहरूको संस्था नेपाली अमेरिकी मैत्री संघ (नाफा) ले साहित्य साँझ सम्पन्न गरेको छ।

संस्थाको १८औं साहित्य साँझ वरिष्ठ गीतकार आनन्द अधिकारीको प्रमुख आतिथ्य तथा नाफाका अध्यक्ष आविष्कार भारतीको सभापतित्वमा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा साहित्यकार स्व. विजय मल्लका सुपुत्रीहरू वन्दना मल्ल, सिर्जना मल्ल र अर्चना मल्लले प्रायोजन गरेको विजय मल्ल कविता प्रतियोगिता पुरस्कार तथा समाजसेवी स्व. कृष्णदास मल्लकी सुपुत्री धन मल्लले प्रयोजन गरेको नाफा बाल साहित्य पुरस्कार समेत प्रदान गरिएको थियो।

कविता प्रतियोगिताका लागि निर्णायकहरूमा बाह्य निर्णायकको रुपमा गीतकार, कवि आनन्द अधिकारी, कवि बसन्त श्रेष्ठ र कवियत्री रीना चौधरी तथा आन्तरिकतर्फ कवि डा्. हेमन्त श्रेष्ठ, कवियित्री धन मल्ल श्रेष्ठ र कवि कृष्ण सिजापती थिए।

उक्त कार्यक्रममा २० जना सहभागीमध्ये १६ जनाले प्रतियोगितामा भाग लिनेका तर्फबाट नरेन्द्रराज रेग्मी प्रथम, सन्तोषी भण्डारी द्वितीय र डा.अजीत घिमिरे तृतीय स्थान हासिल गरे।

२१ जना बालबालिकाहरू समेतले सरस कविता वाचन गरेको सो कार्यक्रमको सञ्चालन लेख काफले, अशिम घिमिरे र जुना रिजालले गरेका थिए।

कार्यक्रमको अन्त्यमा वरिष्ठ गीतकार आनन्द अधिकारीले आफना दुई कविता वाचन गर्नुको साथै विदेशी भूमिमा नेपाली साहित्य र संगीतको संरक्षण र प्रबर्द्धनमा प्रवासी नेपाली समुदायले गरेको कामको प्रशंसा गरे।

कार्यक्रमको संयोजकमा लेख काफ्ले र पर्वत रेग्मी सहसंयोजक थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *