इटहरीमा पुस ६ देखि ८ गतेसम्म जेसीज महाधिवेशन
सुनसरी । नेपाल जेसीजको ५१औँ राष्ट्रिय महाधिवेशन सुनसरीको इटहरीमा हुने भएको छ । इटहरी जेसीजको स्थानीय आयोजनामा पुस ६ गतेदेखि महाधिवेशन आयोजना हुने भएको हो ।
आज मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले महाधिवेशनको अन्तिम तयारी भइरहेको उल्लेख गर्दै महाधिवेशन उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको जनाएको छ ।
पुस ६, ७ र ८ गते इटहरी ९ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा महाधिवेशन हुने भएको हो । महाधिवेशनमा करिब ५ हजार जनाको सहभागिता हुने जनाइएको छ ।
महाधिवेशन निर्देशक दीपक ढकालका अनुसार देशैभरका १७८ शाखाबाट जेसीजका सदस्यहरू सहभागी हुुनेछन् । महाधिवेशनबाट सन् २०२५ का लागि राष्ट्रिय अध्यक्षसहितका पदाधिकारीहरू चयन हुनेछन् ।
‘महाधिवेशनको कार्यक्रम तालिका अन्तर्गत प्रकरण गोष्ठी, शान्ति पदयात्रा, वक्तित्वकला, पूर्व अध्यक्षहरूको ब्याडमिन्टन प्रतियोगिता र वार्षिक साधारणसभा सम्पन्न हुनेछ ।
