एसिया कपमा आज नेपाल र भारत खेल्दै

काठमाडौँ । यु-१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज मंगलबार भारतसँग खेल्दैछ । मलेसियाको बायुमास ओभलमा नेपाली समयअनुसार बिहान पौने १२ बजे खेल सुरु हुँदैछ ।

नेपालले समूह ‘ए’ को अन्तिम खेलमा भारतसँग खेल्न लागेको हो । हिजो भएको खेलमा नेपाललेपाकिस्तानलाई ६ विकेटले हराएको थियो ।

आइतबार भएको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ९ विकेटले हराएको थियो । पाकिस्तान लगातार दुई खेल हारेर बाहिरिएसँगै नेपाल समूह चरणको अन्तिम खेलअघि नै ‘सुपर–४’ मा प्रवेश गरेको थियो ।

एसियाका ६ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् । समूह ‘बी’ मा भारत, पाकिस्तान र नेपाल छन् ।

दुवै समूहका शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्ने छन् । सिङ्गल राउन्ड रोविनका आधारमा खेलिने सुपर फोरका शीर्ष दुई टोलीबीच फाइनल हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *