अमेरिकी डलरसहित झापाका युवक पक्राउ
झापा । २९ हजार ७०० अमेरिकी डलरसहित झापाका एक युवक पक्राउ परेका छन् । गौरादह नगरपालिका–५ का मोहम्मद नौसाद मिया अमेरिकी डलरसहित बिहीबार पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–३ केर्खाचोकमा सवारी जाँचका क्रममा उनी पक्राउ परेका हुन् । बिर्तामोड जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५३० नम्बरको बसमा जाँच गर्दा मिया प्रहरीको नियन्त्रणमा परेका हुन् ।
प्रहरीका अनुसार उनको साथबाट बरामद डलर करिब ४० लाख ३३ हजार ८५४ रुपैयाँ हुने प्रहरीले जनाएको छ । इलाका प्रहरी दमकमा राखेर उनीबारे अनुसन्धान सुरु गरिएको छ ।
प्रतिक्रिया
