दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । बिहीबार न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै विवादास्पद भिडियो सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए । साइबर अपराधमा प्रहरीले अनुसन्धान गरेको थियो । \
अनुसन्धान सकेर मुद्दा दायर गरिएको थियो । थुनछेक बहसपछि उनलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
प्रसाईँविरुद्ध अर्को पक्राउ पुर्जी पनि भएकाले धरौटी बुझाएर रिहा भएलगत्तै फेरि पक्राउ पर्न सक्ने सम्भावना छ ।
प्रतिक्रिया
