भातृ संगठनहरूको महाधिवेशन गर्न कांग्रेसले बनायो निर्देशन समिति

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भ्रातृ संस्थालाई समन्वय र सहयोगका लागि महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेका छन् । विभिन्न भातृ संगठनहरुको महाधिवेशनका लागि बेग्लाबेग्लै समिति बनाइएको हो ।

केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार सभापति देउवाले केन्द्रीय निर्देशन समिति गठन गरेका हुन् । महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा भने संशोधन गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

अहिले कांग्रेसका सबै भ्रातृ संगठन तदर्थ छन् । लामो समयसम्म महाधिवेशन गर्न नसकेको भनेर आलोचना बढेको छ । चैत मसान्तसम्म सबै संगठनको महाधिवेशन गरेर नेतृत्व चयन गर्ने तयारी कांग्रेसको छ ।

को को छन् समितिमा ?

नेपाल दलित सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समिति

१. सहमहामन्त्री जीवन परियार- संयोजक
२. केन्द्रीय सदस्य लक्ष्मी परियार- सदस्य
३. केन्द्रीय सदस्य शान्ति परियार वि.क.- सदस्य

नेपाल महिला सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समिति (संशोधन गरिएको)

१. प्रवक्ता डा. प्रकाशशरण महत- संयोजक
२. केन्द्रीय सदस्य पुष्पा भुसाल- सदस्य
३. केन्द्रीय सदस्य रुक्मिणी कोइराला- सदस्य

नेपाल किसान महासङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समिति

१. केन्द्रीय सदस्य रमेश रिजाल- संयोजक
२. केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी.- सदस्य
३. केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ- सदस्य

नेपाल भूतपूर्व सैनिक संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति

१. केन्द्रीय सदस्य एन.पी. साउद-संयोजक
२. केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ- सदस्य
३. केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू- सदस्य

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समिति

१. केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत- संयोजक
२. केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझी- सदस्य
३. केन्द्रीय सदस्य गणेश लामा- सदस्य

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समिति

१. केन्द्रीय सदस्य मधु आचार्य- संयोजक
२. केन्द्रीय सदस्य सरस्वती बजिमय- सदस्य
३. केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ- सदस्य

नेपाल थारू सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समिति

१. केन्द्रीय सदस्य उदयशमशेर राणा- संयोजक
२. केन्द्रीय सदस्य डा. गोपाल दहित- सदस्य
३. केन्द्रीय सदस्य योगेन्द्र चौधरी- सदस्य

नेपाल प्रजातन्त्र सेनानी सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समिति

१. केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेल- संयोजक
२. केन्द्रीय सदस्य मुक्ताकुमारी यादव- सदस्य
३. केन्द्रीय सदस्य कान्तिका सैजुवाल- सदस्य


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *