माघमा बिर्तामोड औद्योगिक व्यापार महोत्सव हुने

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ आयोजना हुने भएको छ ।

नेपालका घरेलु, साना, मझौला, ठूला उद्योगहरूका अतिरिक्त विदेशी बस्तु, पहाडी जिल्लाका खनिजजन्य, कृषिजन्य वस्तुहरूको प्रचार, प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।

महोत्सव आगामी माघ ११ गतेदेखि २३ गतेसम्म आयोजना गरिने भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको बैठकले यसका लागि उपाध्यक्ष विशाल थापाको संयोजकत्वमामूल समारोह समिति गठन गरेको छ ।

अनुगमन समिति संयोजकमा संघकी जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई चयन भएकी छन् । मूल समारोह समितिले महोत्सव स्थल चयन लगायतका अन्य काम गर्ने जनाइएको छ ।

महोत्सवमा नेपाल सहित भारत, बंगलादेश, पाकिस्तानका प्रदर्शकहरुको सहभागिता रहने छ । त्यस्तै स्थानीय, राष्ट्रिय तथा प्रदेशका चर्चित कलाकारको दैनिक प्रस्तुति, फेशन शो, विद्यालय तथा कला केन्द्रको विविध सांस्कृतिक कार्यक्रम रहने छ ।

बाल उद्यान क्षेत्रमा विभिन्न शाहसिक तथा मनोरञ्जनात्मक खेलहरू रहने छन् । खानपान क्षेत्रमा भेज तथा ननभेज फुडकोर्टको स्टल राखिने, मिडिया सेन्टर, कन्फरेन्स हल, फ्रि वाईफाइ जोन, प्राथमिक उपचार, शौचालय, खानेपानी तथा पार्किङ, सुरक्षाको राम्रो व्यवस्थापन गरिने भएको छ ।

सुस्ताएको अर्थतन्त्रलाई केही हदसम्म भए पनि चलायमान बनाउन यो महोत्सवले सघाउ पुर्याउने महासंघका महासचिव कुशल खतिवडाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *