महाधिवेशनको तयारीमा जुट्यो नेविसंघ
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आफ्नो १२औँ महाधिवेशनको तयारीमा समेत जुटेको छ । लामो समयदेखि महाधिवेशन हुन नसक्दा संघभित्र अराजकता बढेको आरोप लागिरहेका बेला तयारी अघि बढाइएको हो ।
आगामी चैत मसान्तभित्र महाधिवेशन गर्र्ने पार्टीले निर्णय गरेको थियो । त्यसका लागि कांग्रेस सहमहामन्त्री किशोर सिंह राठोरको नेतृत्वमा महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेको थियो ।
मंसिर २४ गतेदेखि सदस्यता नवीकरणका लागि देशव्यापी अभियान सञ्चालन गर्ने जानकारी पनि शेर्पाले दिए । नवीकरणसँगै सबैतिर बाट सुझाव संकलन पनि गरिने भएको छ ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले मआधिवेशनको तयारीसँगै विद्यार्थीलक्षित विभिन्न कार्यक्रम सुरु गरिएको बताएका छन् । उनका अनुसार नेविसंघले हाल पेड इन्टर्नसीप र ‘मेरो शिक्षा, मेरो प्रश्न’ अभियान सञ्चालन गरिरहेको छ ।
देशभरका शिक्षण संस्थामा गएर विद्यार्थीले कानुन विपरीत तिरेको शुल्क फिर्ता गराउने, छात्रवृत्ति नपाएकालाई छात्रवृत्ति उपलब्ध गराउनेजस्ता काम गर्दै आएको अध्यक्ष शेर्पाले बताए ।
उक्त अभियानअन्तर्गत काठमाडौँ उपत्यकासहित देशभरबाट २०० भन्दा बढी लाभान्वित भएको संघले जनाएको छ ।
