कामदार विदेश पठाउने कम्पनीलाई कडाइ गरिँदै
काठमाडौँ । विदेश जाने श्रमिकका लागि विभिन्न काम गर्ने भनेर सञ्चालित मेनपावर कम्पनीहरुको आर्थिक कारोबारमा कडाइ गर्न थालिएको छ । वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीहरू, विदेश जाने श्रमिकको स्वास्थ्य जाँच गर्ने तथा पूर्वप्रस्थान अभिमुखीकरण दिने संस्थाहरूको कारोबारमा कडाइ गर्न थालेको हो ।
यसका लागि विभागले ७ बुँदे निर्देशनात्मक परिपत्र जारी गरेको छ । विभागलेविभिन्न निकाय र अनुमतिप्राप्त संस्थाहरुलाई त्यसअनुसारको नियम पालना गर्न भनेको छ ।
विभागले मेनपावर, मेडिकल र अभिमुखीकरणमार्फत श्रमिकसँग सेवा शुल्क असुल्ने व्यवसायीहरूलाई सबै आर्थिक कारोबारहरू अनिवार्य रुपमा बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने निर्णय गरेको छ ।
संस्था दर्ता, सेयर दाखिला, नामसारी लगायतमा आवश्यक पर्ने वैयक्तिक चारित्रिक विवरण, प्रहरी प्रतिवेदन नेपाल प्रहरीको अनलाइन प्रणालीमार्फत माग गर्नेगरी व्यवस्था गरिएको विभागले जनाएको छ ।
मेनपावर कम्पन्नीहरूले कर्मचारी नियुक्त गर्दा न्यूनतम पारिश्रमिक पाउने गरी नियुक्त गर्नुपर्ने र मासिक तलब लगायतका आर्थिक भुक्तानी बैंकिङ प्रणालीमार्फत मात्र गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ ।
संस्थालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न र सरकारी विवरणहरूमा सञ्चालकको राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य उल्लेख गर्न पनि परिपत्रमा भनिएको छ। कार्यालयको स्पष्ट ठेगाना उल्लेख भएको जीपीएस ट्रयाकसहित समेत गर्न मिल्ने गरी लोकेसन उल्लेख गरेर लिंक राख्नुपर्ने व्यवस्था समेत गर्न परिपत्रमा भनिएको छ।
यसैगरी, १० लाखभन्दा बढीको सेयर लगत पेश गर्दा वैध आम्दानीको स्रोत खुलाउनु पर्ने व्यवस्था समेत गरिएको छ । नयाँ दर्ता गर्दा जम्मा गर्नुपर्ने नगदको लागि आम्दानीको स्रोत खुलाएर पेश गर्नुपर्ने व्यवस्था समेत गर्न परिपत्रमा भनिएको छ ।
यस्तो छ विभागको परिपत्र-

