नेपाल प्रहरीमा खुल्यो १२२३ जनालाई जागिर
फाइल तस्बिर
काठमाडौँ । नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ । प्रहरी जवान, कार्यालय सहयोगी (भान्से) र कुचीकारका लागि भर्ना खुलेको हो । सबै पदमा गरी १२ सयभन्दा बढी जनशक्ति माग गरिएको छ ।
ती पदमा भर्ना हुन चाहने इच्छुकले मंसिर २७ गतेदेखि पुस ७ गतेसम्म फारम भर्न सक्ने जनाइएको छ । प्रहरी जवान १ हजार १ सय ६५, कार्यालय सहयोगी ४७ र कुचीकार ११ जनाका लागि नयाँ भर्ना खुलाइएको छ ।
फारम भर्न जवानका लागि ३ सय रुपैयाँ दस्तुर तोकिएको छ भने एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारका लागि प्रत्येक समूहमा थप ६० रुपैयाँ दस्तुर कायम गरिएको छ ।
कार्यालय सहयोगी पदका लागि २ सय रुपैयाँ दस्तुर तोकिएको छ । एकभन्दा बढी समूहमा दरखास्त दिनेका लागि प्रत्येक समूहमा थप ४० रुपैयाँ दस्तुर लाग्ने छ ।
जवानका लागि १८ वर्ष उमेर पूरा भइ २३ वर्ष ननाघेको र कार्यालय सहयोगीका लागि १८ वर्ष उमेर पूरा भइ २५ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ ।
यससम्बन्धी थप सूचना र पाठ्यक्रमबारे नेपाल प्रहरीको वेबसाइट मा गएर हेर्न सकिने जनाइएको छ ।


