हर्क साम्पाङ भन्छन्, ‘म चेन्ज हुन्न, यही हो हर्कपथ’

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले आफू परिवर्तन नहुने भन्दै यही नै ‘हर्कपथ’ भएको बताएका छन्। बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै बोल्ने क्रममा उनले यस्तो बताएका हुन्।

उनले बुधबार पत्रकार गोपाल दाहाललाई ‘पत्रकारिता सिध्याइदिने’ धम्की दिएका थिए । त्यसपछि आलोचना खेपेका साम्पाङले पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

‘नडराइ बोल्नु र कसैको सामु नझुक्नु नै मेरो विशेषता हो’ उनले भने, ‘यो हर्कवाद हो, यही हो हर्कपथ । म चेन्ज हुन्न, म यस्तै हो।’

पत्रकार दाहालले धरानमा भएका बेथिति र साम्पाङ ‘नक्कली माओवादी’ हुँदा वाइसिएलले पक्राउ गरेकोबारे समाचार लेखेका थिए। त्यसपछि मेयरले उनलाई सार्वजनिक रुपमा धम्की दिएका थिए।

उक्त धम्कीको पत्रकारहरु आबद्ध संघ, संगठनले विरोध गरेका थिए। मेयर साम्पाङ यसअघि पनि विभिन्न प्रसंगहरुमा आपत्तिजनक अभिव्यक्ति दिएर विवादमा पर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *