भारतबाट झापा भित्र्याइएको आइफोन प्रहरीको नियन्त्रणमा
झापा । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको करिब ९ लाख रुपैयाँ बराबरको आइफोन सशस्त्र प्रहरीको सीमा सुरक्षा टोलीले बरामद गरेको छ ।
झापा गाउँपालिका–४ पन्थपाडाको सशस्त्र टोलीले आइफोन बरामद गरेको हो । भारतबाट आइरहेको बीआर ३७ जेड ८१०१ नम्बरको होन्डा कम्पनीको भारतीय मोटरसाइकललाई शंका लागेर जाँच गर्दा आइफोन फेला परेको थियो ।
सशस्त्र प्रहरीले सामानसहित मोटरसाइकल चालक भारत विहारको किसानगन्ज–१ जानकी चोक बस्ने २८ वर्षका मोहम्मद ईस्त्राफिललाई समेत पक्राउ गरेको छ । बरामद आइफोन सेटहरुमेची भन्सार कार्यालयमा बुझाइएको छ ।
प्रतिक्रिया
