एसिया कपमा आज बंगलादेशको सामना गर्दै नेपाल
काठमाडौं । एसीसी यू–१९ एसिया कपमा नेपालले आज आइतबार बंगलादेशको सामना गर्दैछ । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
पहिलो खेलमा पराजित भएपछि नेपाललाई जितको दबाब छ । हेमन्त धामीको टिमले पहिलो खेलमा श्रीलंका अन्डर नाइन्टिनसँग ५५ रनको हार ब्यहोरेको थियो । यो खेलमा नेपालाई पुनरागमनको अवसर रहनेछ ।
बंगलादेशले यो सिजनको आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले हराएको थियो । बंगलादेशका मोहम्मद अजिजुलद अकिम र कलाम सिद्दकी उत्कृष्ट फर्ममा रहेका खेलाडी हुन् । उसका अफ फहद ले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
नेपालसँग पनि मयन यादव र आकाश त्रिपाठीजस्ता उत्कृष्ट ब्याटर छन्। बंगलादेशलाई हराउन नेपालले ब्याटिङ र बलिङमा नै कन्सिस्टेन्ट प्रदर्शन गर्नु आवश्यक छ ।
नेपाल रहेको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । एसिया कपमा शनिबार भएको खेलमा पाकिस्तानले भारतलाई ४३ रनले हराएको छ ।
