नेपाल नेत्रहीन क्रिकेट विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल पहिलो पटक नेत्रहीन क्रिकेट विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालले भोलि आइतबार हुने पहिलो सेमिफाइनलमा पाकिस्तानको सामना गर्नेछ।

नेपाल र पाकिस्तानबीचको खेल मुल्तान क्रिकेट रंगशालामा हुनेछ । आज भएको खेलमा दक्षिण अफ्रिका, बंगलादेशसँगै पराजित भएपछि नेपाल चौथो स्थानमा रहँदै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालले ६ खेलबाट ६ अंक नै बनाएको छ। नेपालले अफगानिस्तान र दक्षिण अफ्रिकालाई हराएको थियो।

भारतले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपालले भारतसँगको खेलमा वाकओभर वापतको दुई अंक प्राप्त गरेको थियो । नेपालले लिग चरणको खेलमा दक्षिण अफ्रिकालाई ११ रनले हराएको थियो भने अफगानिस्तानविरुद्ध १ सय ८ रनको जित दर्ता गरेको थियो ।

नेपाल, पाकिस्तान र श्रीलंकासँग पराजित भए पनि सेमिफाइनलमा पुगेको हो। नेपाल र पाकिस्ताबीचको खेल भोलि आइतबार बिहान पौने ११ बजे सुरु हुनेछ।

भोलि नै हुने दोस्रो सेमिफाइनलमा बंगलादेशले श्रीलंकासँग खेल्नेछ। नेपालले सन् २०१२ देखि नेत्रहीन विश्वकपमा सहभगी बनेको भए पनि पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *