गिरिबन्धु टी स्टेटछेउ ‘कुकर बम’ राख्ने २ जना पक्राउ
फाइल तस्बिर
झापा । गिरीबन्धु टी इस्टेटको चिया कारखाना अगाडि ‘कुकर बम राखेको अभियोगमा दुई जना पक्राउ परेका छन्। नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्डको नाममा उनीहरुले बम राखेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका–९ मधुमल्लाका ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका–६ का २० वर्षीय धिरज माझी छन् ।
बुधवार राजकुमारलाई मोरङको उर्लाबारी चोकबाट पक्राउ गरिएको हो । धीरजलाई पथरीशनिश्चरे–१ मापक्राउ गरिएको प्रहरीले जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले जिल्ला अदालतबाट विष्फोटक पदार्थसम्बन्धी कसूरमा ३ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
गत भदौ २८ गते बिहान अन्दाजी बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धुकै शमशेर एण्ड गंगादेवी टी स्टेट प्रा. लि. को पश्चिम पर्खालनजिकै उनीहरुले ‘कुकर बम’ राखेका थिए । त्यसपछि उनीहरु फरार भएका थिए ।
