मोटरसाइकल र स्कुटर ठोक्किँदा ससुराको मृ*त्यु, बुहारी घाइते

सुनसरी। इटहरी उपमहानगरपालिका–१३, खनारमा बिहीबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।

प्रहरीका अनुसार प्रदेश १–०२–०५६ प ७५५६ नम्बरको मोटरसाइकल र मे ४ प ८९१ नम्बरको स्कुटर आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा स्कुटर चालक स्थानीय अन्दाजी ५४ वर्षीय गोपाल रिजालको मृत्यु भएको हो ।

मृतक गोपाल र बबिता ससुराबुहारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी भण्डारीले जानकारी दिए ।

स्कुटर पछाडि सवार अन्दाजी ३३ वर्षीया बबिता रिजाल घाइते भएकी छन् । मोटरसािइकलमा सवार दुई जना पनि घाइते छन् । घाइतेहरुको विराट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *