दृष्टिविहीन टि-२० विश्वकप : पाकिस्तानसँग नेपाल पराजित

काठमाडौँ । पाकिस्तानमा जारी दृष्टिविहीन टि-२० विश्वकपअन्तर्गत आज बुधबार भएको खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो।

नेपालले पहिले ब्याटिङ गर्दै १८ ओभरमा ५ विकेट गुमाएर १ सय रनको योगफल तयार गरेको थियो । भरत थापाले सर्वाधिक ३९ तथा नरेश चौधरीले १७ रन जोडेका थिए ।

नेपालले दिएको १ सय १ रनको लक्ष्य पाकिस्तानले ६ ओभर ४ बलमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

पाकिस्तानसँग पराजित भए पनि नेपालको सेमिफाइनल प्रवेशको सम्भावना कायमै छ । चौथो खेलमा नेपालले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

६ देशको सहभागिता रहेको विश्व कपको फाइनल खेल डिसेम्बर ३ मा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *