स्वस्तिमा र विपिन बने उत्कृष्ट अभिनेता-अभिनेत्री
काठमाडौँ । अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित भएका छन् । चलचित्र विकास बोर्डको आयोजनामा बुधवार आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ समारोहमा कार्कीले ‘प्रसाद २’ र खड्काले ‘दिमाग खराब’ चलचित्रका लागि पुरस्कार प्राप्त गरे ।
कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजना गरिएको थियो । उत्कृष्ट निर्देशकका रुपमा चलचित्र ‘दिमाग खराब’ को लागि निश्चल बस्नेत घोषित भए ।
सबैभन्दा धेरै अवार्ड ‘बुलाकी’ ले प्राप्त गरेको छ । ‘बुलाकी’ ले उत्कृष्ट चलचित्रसहित लेखनमा राजबहादुर साने र छायाङ्कनमा शिव ढकालले प्राप्त गरे ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी सभापति र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ विशेष अतिथिको रूपमा समारोहमा नेपाली चलचित्र क्षेत्रका कलाकारहरु, निर्माता, निर्देशक तथा पत्रकारहरूको सहभागिता थियो ।
कसले कुन अवार्ड पाए ?
–उत्कृष्ट चलचित्रः बुलाकी
–उत्कृष्ट अभिनेताः विपिन कार्की (प्रसाद–२)
–उत्कृष्ट अभिनेत्रीः स्वस्तिमा खड्का (दिमाग खराब)
–उत्कृष्ट निर्देशकः निश्चल बस्नेत (दिमाग खराब)
–उत्कृष्ट सम्पादकः मित्र डी गुरुङ (महाजात्रा)
–उत्कृष्ट छायाँकारः शिव ढकाल (बुलाकी)
–उत्कृष्ट लेखनः राजबहादुर साने (बुलाकी)
–उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रः लोजिमा –लिम्बू भाषा) निर्णायक समिति प्रोत्साहन पुरस्कार
–तैय्यव शाहः कलाकार
–कृष्ण प्रसाद रायमाझीः प्रदर्शक
–नारायण प्रधानः द्वन्द्व निर्देशक
–विद्या कार्कीः कलाकार
–नरेन्द्र महर्जनः प्रदर्शक
–नन्द किशोर प्रसाद श्रीवास्तवः कलाकार–निर्माता
–भोजबहादुर गुरुङः निर्देशक–निर्माता
–अमूल कार्की ढलीः सङ्गीत संयोजक
–ध्रुवकुमार श्रेष्ठः प्रदर्शक
–बुद्धि तामाङः कलाकार
–सबिता गुरुङः कलाकार विशेष चलचित्र पुरस्कार सतीदेवी, सुगुप (लिम्बु भाषा) र मार्कली (गुरुङ भाषा)
–पहिलो चलचित्र ‘आमा’ की अभिनेत्री चैत्यदेवी सिंहः चलचित्र दीर्घ साधना सम्मान
