गाडीको ठक्करले मोटरसाइकलमा सवार श्रीमान-श्रीमतीको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका, बालग्राम चोकमा भएको सवारी दुर्घटनामा आइतबार दिउँसो दम्पतीको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–१६ बालग्राम चोकमा उनीहरु चढेको को ३६ प ५६३७ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको सवारी साधनले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संखुवासभाको धर्मदेवी नगरपालिका–३ का ३२ वर्षीय युवराज गुरुङ र उनकी श्रीमती टीका गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करले सिकिस्त घाइते भएका उनीहरुको उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने सवारी साधनको पहिचान हुन सकेको छैन । यसबारे प्रहरीले खोजी गरिरहेको छ । स्थानीयका अनुसार भ्याजिक भ्यान र टिपर ओभरटेक गर्नेक्रममा मोटरसाइकल उक्त दुई सवारी साधनको बीचमा चेप्टिएर दुर्घटनामा परेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *