राष्ट्रिय प्रशारणमा जोडिँदै सुपर काबेलीको १३.५ मेगावाट बिजुली
ताप्लेजुङ । सुपर काबेली–ए जलविद्युत आयोजना निर्माण सकिएको छ । सिरिजङ्गा गाउँपालिका–८ मा निर्मित आयोजनाको काम सकिएसँगै विद्युत लाइन परीक्षणको तयारी गरिएको छ ।
मंसिर ९ गते राष्ट्रिय प्रसारण लाइनमा परीक्षण गर्ने तयारी भइरहेको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले बताए । १३.५ मेगावाट क्षमताको यो आयोजनाको विद्युतगृह रहेको ठाउँदेखि पाँचथर अमरपुरको दुबीचौरस्थित नेपाल विद्युत प्राधिकरणको १३२ केभिए प्रसारण लाइनमा विद्युत प्रवाह गरी परीक्षण गरिने छ ।
परीक्षण गरिने दिन काबेली खोला किनारमा माछा मार्ने, नुहाउने, गाईबस्तु तथा पशु चौपाया छाड्ने र खोला किनारमा हिँडडुल नगर्न आयोजनाले आग्रह गरेको छ ।
प्रतिक्रिया
