दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
प्रसाईंलाई बुधबार नेपाल प्रहरीको साइबर ब्युरो (सीआईबी) ले प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
प्रसाईंविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिने ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा पैसा राखेको भन्दै मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई मंगलबार सीआईबीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया
