जनस्वास्थ्य प्रयोगशालामा खुल्यो जागिर

काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विभिन्न पदका लागि करारमा कर्मचारी माग गरेको छ ।

उक्त कार्यालयले सोमबार यसबारे सूचना प्रकाशित गरेको छ । प्रयोगशालाले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि मेडिकल माइक्रोबायोलोजिष्ट १ जना, मेडिकल ल्याब टेक्नोलोजिष्ट १ जना र ल्याब टेक्नेसियन ५ जना माग गरेको सूचनामा उल्लेख छ ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले मंसिर १७ गतेभित्र आवेदन दिन सक्ने सूचनामा जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *