पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठमाडौँ। पूर्वसभामुख दमननाथ ढुंगानाको आज ८३ वर्षको उमेरमा निधन भएको छ। कलेजो सम्बन्धी समस्या भएपछि फ्रन्टलाइन अस्पतालमा उपचार हुँदै गर्दा दिउँसो २ बजे निधन भएको हो।

ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन्। उनले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेको मानिन्छ।

पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गरेका उनले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचानसमेत बनाएका थिए।

२०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव बनेका उनी पत्रकारिता र शिक्षण पेशामा पनि लागेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *