अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु

काठमाडौँ। भारत, उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगलागी हुँदा १० जना शिशुको मृत्यु भएको छ। अस्पतालको नवजात शिशु सघन उपचार कक्ष एनआईसीयूमा आगलागी भएको हो।

शुक्रबार राति पौने ११ बजे विद्युतीय सर्किटबाट आगलागी सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त अस्पतालको एनआईसीयू कक्षमा ५५ शिशु उपचाररत थिए।

तीमध्ये १० जनाको मृत्यु भएको हो। ४५ जनालाई भने उद्धारकर्मीहरूले बाहिर निकालेको भारतीय प्रहरीले उल्लेख गरेको छ। तीमध्ये १६ जना नवजात शिशु घाइते छन्। उनीहरुको उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *