छन्टवाटिकाले सम्झियो महाकवि देवकोटा
विराटनगर। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्तीका अवसर पारेर साहित्यिक संस्था ‘छन्दवाटिका नेपाल’ कार्यक्रम आयोजना गर्यो। विराटनगरस्थित देवकोटा चोकमा आयोजित कार्यक्रममा देवकोटाको शालिकमा माल्यार्पण गरिएको थियो।
संस्थाका अध्यक्ष हरि कट्टेलको सभापतित्वमा भएको कार्यक्रममा सर्जकहरुले देवकोटालाई सम्झिएर आफ्ना रचना सुनाएका थिए। कार्यक्रममा प्राज्ञ विवश पोखरेल, प्राज्ञ खेम नेपालीलगायतको सहभागिता थियो।
अध्यक्ष कट्टेलले महाकवि देवकोटाप्रति श्रद्धाभाव अर्पण गर्दै स्मरण गर्न कार्यक्रम आयोजना गरिएको बताए। प्रमुख अतिथि प्राज्ञ पोखरेलसहितका वक्ताले देवकोटाबारे चर्चा गरेका थिए।
छन्द वाटिकाका सचिव चिरञ्जीवी काफ्लेले सञ्चालन गरेको कार्यक्रममा साहित्यकारहरू भरत गुरागाइँ बर्बरिक, बाबुराम पोखरेल, भारती पोखरेल, देवी पन्थी, भक्ति दाहाल, भवानीप्रसाद पोखरेल, भूपाल अधिकारी, ऋषि तिवारीको सहभागिता थियो।
यसैगरी, कुमार श्रेष्ठ, शारदा भट्टराई, स्वयम्भू कार्की, रोहिणी रसिक, प्रमोद ढकाल, निर्मला कोइराला, प्रिन्स प्रमोद, सविना श्रेष्ठ, अम्बिका खरेल उप्रेती, भैरव क्षेत्री, लक्ष्मण यादव, कर्ण सञ्जय, मन्जु गिरी, मीनकुमार नवोदित लगायतको सहभागिता थियो।


