मृग ठानेर हानेको गोलीले साथीको ज्यान गयो

खोटाङ। साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ। हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको बन्दुकको गोली लाग्दा बुधबार उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृगलाई हानेको गोली साथीलाई लागेको बयान उनले दिएका छन्। चेतनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरी चौकी खार्ताम्छाले अनुसन्धान गरिरहेको छ। घटनास्थलबाट एउटा प्रयोग भएको गोली र गोली भरिएको भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *