छठ पर्व : आज अस्ताउँदो सूर्यको पूजा
विराटनगर । सूर्यको उपासना गरी मनाइने छठ पर्वमा आज बुधबार अस्ताउँदो सूर्यको पूजा आराधना गरिँदैछ । छठको मुख्य दिन भएकाले आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । कोशी प्रदेशले भने भोलि शुक्रबार पनि बिदा दिएको छ ।
विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका बासिन्दाले पनि मनाउने गरेका छन् । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख कष्ट हट्ने जनविश्वास छ । छठको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश दिएका छन् ।
प्रतिक्रिया
