कोशीमा लगातार ४ दिन बिदा
विराटनगर । कोशी प्रदेशमा लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ । बिहीबारदेखि आइतबारसम्म बिदाका दिन हुनेछन् । छठ पर्व मनाउनका लागि प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिएको छ ।
छठका लागि संघीय सरकारले बिहीबार बिदा दिएको छ । कोशी प्रदेश सरकारले शुक्रबार प्रदेशका १४ वटै जिल्लामा छठ समापनको बिदा दिएको छ ।
कात्तिक २४ गते शनिबार नियमित सार्वजनिक बिदा हो । प्रदेश सरकारले कात्तिक २५ गते आइतबार राष्ट्रिय विभूति एवं किराँत धर्मगुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ । त्यसैले बिहीबारदेखि आइतबारसम्म लगातार बिदा परेको हो ।
प्रतिक्रिया
