क्यानाडाको हिन्दु मन्दिरमा आक्रमणको निन्दा गर्छु : मोदी
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्यानाडाको एउटा हिन्दू मन्दिरमा भएको आक्रमण जानाजानी भएको भन्दै निन्दा गरेका छन् ।
‘म क्यानाडाको हिन्दू मन्दिरमा जानाजानी भएको आक्रमणको कडा निन्दा गर्दछु’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रा कूटनीतिज्ञहरूलाई डराउने कायरतापूर्ण प्रयासहरू पनि त्यस्तै भयावह छन् ।’
क्यानाडा भारत बाहिरको सबैभन्दा ठूलो सिख समुदायको घर भएको भनदै उनले त्यहाँ ‘खालिस्तान’ का कार्यकर्ताहरू समावेश रहेको र खालिस्तान भारतीय क्षेत्रबाट कोरिएका धार्मिक अल्पसङ्ख्यकहरूका लागि स्वतन्त्र राज्यको खोजी गर्ने एउटा पृथकतावादी आन्दोलन भएको बताएका छन् ।
क्यानाडाले भारत सरकारले सन् २०२३ मा भ्यानकुभरमा ४५ वर्षीय क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्या गरेको आरोप लगाएपछि भारत र क्यानाडाबीचको सम्बन्ध बिग्रिएको छ ।
भारतको विदेश मन्त्रालयले क्यानाडाको आरोपलाई बारम्बार अस्वीकार गरेको छ र नयाँदिल्लीले ओटावालाई दशकौँदेखि धार्मिक चरमपन्थीहरूलाई शरण दिएको आरोप लगाएको छ ।
