उत्तराखण्डमा बस भीरबाट खस्दा २२ जनाको मृत्यु
काठमाडौँं । भारत उत्तराखण्ड, अल्मोडाको मार्चुलामा बस दुघर्टना हुँदा २२ जनाको मृत्यु भएको छ । भारतीय प्रहरीका अनुसार बस अनियन्त्रित भएर भीरबाट खसेको थियो ।
अल्मोडा जिल्ला प्रकोप व्यवस्थापन अधिकारी विनीत पालले दुर्घटनामा अन्य १५ यात्रु घाइते भएको जनाएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार रामनगर जाँदै गरेको बस सल्टनजिकै कोपी भन्ने ठाउँको भीरबाट खसेको थियो ।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया
