नेपालले इङ्ल्याण्डलाई ६ विकेटले हरायो
विराटनगर । नेपालले हङकङमा जारी हङकङ सिक्सेसमा इंग्ल्यान्डमाथि सानदार जित निकालेको छ । पहिलो पटक सहभागिता जनाएको नेपालले इंग्ल्यान्डमाथि सानदार ६ विकेटको जित निकालेको हो ।
नेपालले जितका लागि ९८ रनको लक्ष्य पाएको थियो । नेपालले ४ दशमलव २ ओभरमा बिना कुनै विकेटको क्षति ९९ रन बनायो । नेपालको जितमा सन्दीप जोराले १२ रनमा अर्धशतक बनाए । कप्तान लोकेश बमले ११ बलमा २० रन बनाए, रासिद खानले २१ रन जाेडे ।
नेपालले टस जितेर इंग्ल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । इंग्ल्यान्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो । नेपाल प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ। यो समूहमा अस्ट्रेलिया पनि छ ।
प्रतिक्रिया
