साफ च्याम्पियनसिप खेल्ने खेलाडीलाई ३-३ लाख

काठमाडौँ । साफ महिला च्याम्पियनसीपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिमका प्रत्येक खेलाडीले प्रोत्साहनस्वरुप ३ लाख रूपैयाँ पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार सरकारले खेलाडीलाई जनही ३ लाख दिने घोषणा गरेको हो ।

यस्तै, मुख्य प्रशिक्षकलाई २ लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियो हेर्नेलाई १ लाख २० हजार रूपैयाँ दिइने भएको छ ।

दशरथ रंगशालामा बुधबार राति सम्पन्न फाइनल खेलमा नेपाल बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएको थियो । उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरपालिकाले बुधबार २५ लाख रूपैयाँसहित सम्मान गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *