प्रेसर कुकर विष्फोट हुँदा महिलाको मृत्यु

विराटनगर । मोरङमा प्रेसर कुकर विस्फोट भएपछि घाइते बनेकी महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार बेलबारी नगरपालिका–६ सोमबारे बोराबाँधकी ३८ वर्षीया सविना मगरको मृत्यु भएको हो ।

घरमा खाना पकाउने क्रममा कात्तिक ३ गते बिहान प्रेसर कुकर विस्फोट हुँदा उनी घाइते भएकी थिइन् । उनको निधारमा कुकरको सिट्ठी उछिट्टिएर लागेको थियो । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा बिहीबार बिहान बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *