श्रीमतीको हत्या गरी फरार अभियुक्त कतारमा पक्राउ

झापा । श्रीमती हत्याका अभियुक्त मेचीनगर नगरपालिका–११ का ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा उनी पक्राउ परेका हुन् ।

फरार अभियुक्त राईलाई कतारमा पक्राउ गरेर मंगलबार नेपाल ल्याइएको चन्दले बताए । २०७८ मंसिर ३ गते श्रीमती शर्मिला तामाङ राईको हत्या गरेर उनी फरार भएका थिए ।

इलाका प्रहरी कार्यालय धुलावारीले कर्तव्य ज्यानसम्बन्धी मुद्दाका अभियुक्त राईमाथि थप अनुसन्धान गरिरहेको उनले छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *