नेपालद्वारा स्कटल्याण्ड पराजित
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल विजयी भएको छ । मंगलबार राति सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको नेपालले २९.५ ओभरमा पाँच विकेटको क्षतिमा १५५ रनको लक्ष्य भेटेको थियो ।
प्रतिक्रिया
