आईसीसी लिग-२ : नेपाल र स्कटल्याण्डको खेल आज

काठमाडौँ । अमेरिकामा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिदेशीय सिरिजमा नेपालले मंगलबार स्कटल्याण्डसँग खेल्दैछ । ग्राण्ड प्रेरी स्टेडियममा खेल नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

नेपाल, स्कटल्याण्ड र अमेरिका सम्मिलित सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । स्कटल्याण्डले आफ्नो पहिलो खेलमा अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।

२०२४ फेब्रुअरीमा घरेलु मैदानमा भएको लिग–२ को पहिलो सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई हराएको थियो ।

यो सिरिजमा ९ खेलबाट जम्मा ३ अंक रहेको नेपाल ८ टोली सम्मिलित लिग–२ को सातौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *